नियम ५५
तेस्रो पक्षको बीमा
: (१) सवारी दुर्घटनाबाट हुने तेस्रो पक्षको मृत्यु, अङ्गभङ्ग, घाउचोट वा सम्पत्तिको नोक्सानी वापत क्षतिपूर्ति दिने प्रयोजनको लाग सवारी धनी वा
व्यवस्थापकले मृत्यु, अङ्गभङ्ग, घाउचोटको लागि न्यूनतम पचास लाख रुपैयाँ र सम्पत्ति हानी नोक्सानीको लागि न्यूनतम पचास लाख रुपैयाँ रकमको बीमा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा प्रत्येक तेस्रो पक्षको मृत्युको लागि सो उपनियममा उल्लिखित रकमको अधीनमा रही पाँच लाख रुपैयाँ उपलब्ध हुने गरी बीमा गराउनु पर्नेछ ।
(३) कुनै सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्परा अनुसारको काज किरिया खर्च वापत निजको हकवालाई तत्काल पच्चीस हजार रुपैयाँ उपलब्ध गराउनु पर्नेछ र सो
रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछ :


कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।